पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आएको बताएकी छन् ।
शुक्रवार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एक पटक देश विकासका लागि सोच्ने बेला आएको बताएकी छन् । उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरूको गरिबी निवारण गर्नुपर्ने बताइन् । युवा र महिलाहरूलाई गरिबी निवारण गर्नको लागि नयाँ तैर तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताएकी छिन् । उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्नेमा जोड दिएकी छिन् । शाहले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरूले नजरअन्दाज गर्न नसक्ने बताइन् ।
पूर्व युवराज्ञी शाहले भनिन, ‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौँ, आय आर्जनको लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सो मार्फत युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्य मध्येको एक हो । यसको लागि नवीन परिवर्णनात्मक तौर तरिकाको खोज अन्वेषण आवश्यक छ, सम्पूर्ण नेपालीहरूलाई निश्चित समय भित्र कोरोनाविरुद्धको खोपको सुनिश्चित गर्न आवश्यक छ, कृषि क्षेत्रमा रहँदै आएका, किस नले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनको लागि हरित प्रयोग, नेपाल र नेपालीको लागि स्थानीय लक्ष्य, नेपाली बन,नेपाली वस्तु किन भन्ने जस्ता नाराहरू आज अझ बढी यथार्थ भएको छ, मुलुकमा भइरहेको प्रतिभा पलायन र ज्ञान, सीप एवं क्षमताबिचको दूरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ ।’































प्रतिक्रिया