साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा गए राति भएको पहिलो खेलमा घरेलु टिम माल्दिभ्सलाई १-० ले हराउँदै नेपालले महत्त्वपूर्ण ३ अङ्कसहित प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
२२ वर्षपछि माल्दिभ्सलाई हराउन नेपालका लागि मनिष डागीले गोल गरे। उनले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो। उनी ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। व्यक्तिगत रूपमा मनिषको नेपालका लागि याे दोस्रो अन्तर्राष्ट्रिय गोल हो।
नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई पहिलो पटक हराएको हो। अब नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग सोमबार प्रतिस्पर्धा गर्नेछ। नेपालले भारतसँग असोज २४ गते र बङ्गलादेशसँग असोज २७ मा खेल्नेछ।
तस्बिर : एन्फा































प्रतिक्रिया