नेता वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार, जण्डिसको मात्रा घट्दो

नेता वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार, जण्डिसको मात्रा घट्दो

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। 

पारिवार स्रोतका अनुसार पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो। पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्। उनी केही दिन अघि मात्र उपचारका लागि थाइल्याण्ड उडेका थिए।

चिकित्सकका अनुसार पुनको शरीरमा रहेका जण्डिसको मात्रा घट्दो क्रममा छ। खाना खान अरूची हुने र वान्ता आउने समस्याबाट प्रताडित उनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको पाइएको छ।

जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर वान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो। तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो।

पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन्।

Logo