१० जिल्लाका सिडिओको जिम्मेवारी फेरबदल, को कहाँ पुगे?

१० जिल्लाका सिडिओको जिम्मेवारी फेरबदल, को कहाँ पुगे?

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको छ। गत शुक्रवार १० जिल्लाका सिडिओहरुको सरुवा गरेको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले केन्द्रविन्दुलाई जानकारी दिए।  

तामाङका अनुसार भोजपुर, कास्की, लमजुङ, डोटी, मुगु, मनाङ, म्याग्दी, डडेलधुरा, रसुवा र तेह्रथुमका सिडिओहरुको सरुवा भएको हो। 

भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई जिम्मेवारी दिइएको छ भने नेपाल चीन सीमा विवाद अध्ययन समितिका संयोजक एवं नेपाल सरकारका सहसचिव जयनारायण आचार्यले जिल्ला प्रशासन कार्यालय कास्कीको सिडिओको जिम्मेवारी पाएका हुन्। 

लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नमराज जैसीले सिडिओको जिम्मेवारी पाएका छन्। 

त्यस्तै तेह्रथुमको सिडिओको जिम्मेवारी अनोज घिमिरेले पाएका छन्।

Skip This
Skip This
Logo