राजकुमार लेखी र अमर धमलासहित ५५ जना एमालेमा प्रवेश

राजकुमार लेखी र अमर धमलासहित ५५ जना एमालेमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट राजीनामा दिएका राजकुमार लेखी नेकपा (एमाले) प्रवेश गरेका छन्। 

एमालेको जारी विधान अधिवेशनको हलबाट आइतबार लेखी, विप्लव नेतृत्वको नेकपाका पोलीटब्युरो सदस्य अमर धमलासहित ५५ जनाले एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रका केही सक्रिय नेता कार्यकर्ता साथै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष लगायत रहेका छन्।

एमाले पृष्ठभूमिका लेखीले ०६८ सालमा एमाले छाडी आफ्नो अध्यक्षतामा नेपाल नागरिक पार्टी गठन गरेका थिए। 

राजपाबाटै लेखीले प्रदेश सभाको चुनाव पनि लडे तर, पराजित भए । उनी प्रदेश २ को योजना आयोगको सदस्य बनाइएका थिए। तर कार्य अवधि पूरा नहुँदै हटाइए। त्यसपछि उनी जसपामा पनि खासै सक्रिय थिएनन्। 

सानो दलप्रति लेखीको मोहभंगले उनी पुनः एमाले प्रवेश गरेको बुझिएको छ।

Skip This
Skip This
Logo