एमालेमा ७० वर्ष उमेरहद यथावत रहने

एमालेमा ७० वर्ष उमेरहद यथावत रहने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले एक व्यक्ति एक पदको अवधारणालाई इमान्दारीतापूर्वक कार्यान्वयन गर्ने बताएको छ।

त्यस्तै एक व्यक्तिले उही तरिकाको कार्यकारी पदमा दुईपटक भन्दा बढी उमेद्वार बन्न नपाउने व्यवस्था एमालेले गरेको छ।

उपमहासचिव विष्णु पौडेलले नेकपा एमालेमा कार्यकाल र उमेरहदका बारे कुनै कन्फ्युजन नरहेको बताए। त्यस्तै उमेरहदका बारे भने एमालेले ७० वर्ष नपुग्दासम्म उमेद्वार बन्न पाउने व्यवस्था गरेको छ।

त्यस्तै कार्यकालको बीचमा ७० बर्ष पुगेमा त्यो कार्यकाल भरि सोहि पदमा रहेर काम गर्न पाउने गरि विधानमा समेटेको छ।

महासचिव पौडेलले भने,‘ कम्रेडहरूले बुझ्नु भयो होला, ७० वर्ष नपुगेसम्म कुनै पनि पदमा उठ्न पाइन्छ। यदि कार्यकालकै बीच ७० वर्ष कोही पुग्यो भने त्यो कार्यकाल पुरा गर्न दिइनेछ।’

७० वर्ष उमेरहद कायम रहँदा केपी ओलीले पुनः अबको ६ महिनाभित्र महाधिवेशन गर्न सके अध्यक्षको उमेद्वार बन्न सक्नेछन्।

Skip This
Skip This
Logo