सचिन रौनियारको ‘ट्याङ्का भरी सुन’ सार्वजनिक (भिडियाेसहित)

सचिन रौनियारको ‘ट्याङ्का भरी सुन’ सार्वजनिक (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

गायक सचिन रौनियारको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'ट्याङ्का भरी सुन' बोलको गीतमा रौनियारसँगै गायिका रचना रिमालको आवाज रहेको छ। गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले भरेका छन्।

सार्वजनिक गीतको भिडियोमा हाँस्यटेलिसिरियल 'सक्किगोनी'का चर्चित जोडी सागर लम्साल 'बले' र प्रियना आचार्यको अभिनय रहेको छ। भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरालाई देखाइएको छ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन्।

गीतलाई लिएर गायक सचिन निकै उत्साहित छन्। गीत र भिडियो दुबैमा निकै मिहिनेत गरेकाले दर्शक/श्रोताको राम्रो साथ मिल्नेमा उनी विश्वस्त छन्।

भिडियोलाई 'एम ८ म्युजिक फ्याक्ट्री' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

Skip This
Skip This
Logo