ललिता निवासमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईविरुद्धको मुद्दामा कार्तिक १५ गते फैसला आउने भएको छ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो।
रिटको सुनुवाइ जबरा र सुवेदीको एक नम्बर इजलासमा तोकिएको थियो। उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ भएको थियो।
न्यौपानेले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै रिट दर्ता गराएका थिए।





























प्रतिक्रिया