ईपीएलः पोखराको जीतमा काठमाडौंको प्लेअप कठिन

ईपीएलः पोखराको जीतमा काठमाडौंको प्लेअप कठिन

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले जीत निकालेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार पोखराले काठमाडौं किङ्स–११ लाई डीएल पद्दतिको आधारमा १४ रनले हराएको हो।

यस हारसँगै काठमाडौंको प्लेअफ कठिन बनेको छ । पोखरा भने यसअघि नै प्लेअप पुगिसकेको छ । काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन जोडेको थियो । 

तर, भारी वर्षाका कारण पोखराले ब्याटिङ गरिरहँदा खेल रोकिएको थियो । त्यसपछि खेल सुरु भएन र डीएलको आधारमा पोखराले जीत निकालेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो।

Skip This
Skip This
Logo