भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल छ ।
बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन गुडेको देख्न सकिन्छ ।
दिल्लीका एक सञ्चारकर्मीले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै बिक्री भइसकेको सो विमानसँग कम्पनीको कुनै सरोकार नभएको जनाएको छ ।
दिल्ली विमानस्थलका अधिकारीहरुले सो विमान दिल्ली विमानस्थलमा नभएको पुष्टि गरेको भारतीय समाचार संस्था दी टाइम्स अफ इन्डियाले जनाएको छ । विमान लैजानले क्रममा चालकका लापरबाहीका कारण पुलमुनि अड्किएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
भिडियोलाई ट्विटर र सामाजिक सञ्जालमा हजारौं पटक हेरिएको छ । विमान कसरी पुलमुनि फँस्यो भन्दै सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले प्रश्न गरेका छन् ।





























प्रतिक्रिया