एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक शुरु भएको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक अर्पण बैंक्वेटमा शुरु भएको हो। 

स्थायी कमिटीको आजको बैठकमा पार्टीका केही गतिविधि र मन्त्रिपरिषद्को बारेमा छलफल हुने बताइएको छ। मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डामा मोटामोटी छलफल गरिसकेको छ। आफ्नो पार्टीले पाउने भनिएका ४ मन्त्रालय र को–को मन्त्रीहरु बन्ने भन्ने विषयमा नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बसिरहेको हो। 

मंगलवारको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले ७, नेकपा (माओवादी केन्द्र) ले ६, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले समान ४÷४ वटा मन्त्रालय पाउने सहमति भएको थियो। तर नेपाल पक्षले आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। 

अध्यक्ष नेपालले केही कुरा मिल्न बाँकी रहेको र फेरि बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्। सरकारले सकेसम्म आजै मन्त्रिपरिषद् बिस्तार गर्ने योजना बनाएको छ। 

Logo