एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

नेकपा(एमाले) केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। 

नेकपा एसको आज बसेको स्थायी कमिटी बैठकमा जोशी पार्टी प्रवेश गरेका हुन्। उनलाई नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाईदिएर स्वागत गरेका हुन्।

बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन्। उनले राजीनामापत्र पढेर अब नेकपा एसमा रहने बताएका थिए। 

जोशीले आफू एकताका लागि लचिलो भएर एमालेमै बस्न खोजे पनि १० बुँदेको सफल कार्यान्वयन नहुँदा आफूहरू दुःखी भएको राजीनामा पत्रमा उल्लेख छ। उनले १० बुँदे सहमति कार्यान्वयन नहुँदा एमालेमा बस्न नसकिएकाले नेकपा एस प्रवेश गरेको पनि उल्लेख गरे।

१० बुँदे कार्यान्वयन गर्न अपानि जारी गरे पनि त्यसको कार्यान्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको उनको टिप्पणी छ। उनले एमालेमा बस्ने सक्ने वातावरण नबनेको पनि जिकिर गरे। त्यस्तै हालसालै सकिएको विधान महाधिवेनमा आफूहरूलाई बोल्नसमेत नदिएको उनले आरोप छ।

त्यसो त जोशी नेकपा एमाले एमालेमा माधव पक्ष निकट नेता थिए। माधव नेपालसहितका नेताले पार्टी छोडेपछि उनी विभाजनको पक्षमा तत्काल देखिएनन्। जोशी नेकपा कालिन केन्द्रीय कमिटीमा माधव नेपाल पक्षबाटै सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज थिए भने। एमाले समानन्तर कमिटीको सूदुरपश्चिम प्रदेशका अध्यक्ष पनि थिए। 

के भने माधव नेपालले ?
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको टिप्पणी गरेका छन्। जोशीलाई पार्टीमा स्वागत गर्दै उनले ओली सुध्रिँदैनन् भन्ने निष्कर्ष आफूहरूले पहिले नै निकालेको र एमालेबाट विदा भएको बताए।

‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंक्तिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘केपी ओली किन कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका भन्ने बुझाउनु पर्नेछ। अब उनी सम्पूर्णरूपमा च्युत भइसकेको दिन हेर्न मात्रै बाँकी छ । हामी पहिलेदेखि ने यो निष्कर्षमा पुगिरहेकै थियौं– केपी ओलीलाई सुधार्न सकिँदैन।’

अध्यक्ष नेपालले ओलीमा चरम व्यक्तिवाद विद्यमान रहेको आरोप लगाए। त्यस्तै ओलीमा वैचारिक विचलन पनि आएको उनको टिप्पणी छ।

‘उनमा निरंकुश शैली विद्यमान रहेको र सबै हिसाबले वैचारिक विचलनको दिसामा अगाडि बढीसकेका छन्,’ नेपालले भने, ‘राष्ट्रियताको मामिलामा आत्मसर्मपणको नीति अख्यितार गरेको र समाजवादको ध्येय र उद्देश्यलाई बिर्सेर यथास्थितिमा रहन थालेका छन्।’

Skip This
Skip This
Logo