देशको शिक्षा नीति परिवर्तन गर्नु पर्छ: अनेरास्वियु अध्यक्ष बराल

देशको शिक्षा नीति परिवर्तन गर्नु पर्छ: अनेरास्वियु अध्यक्ष बराल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन् । 

अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्ने गरी शिक्षा नीति बनाउनुपर्ने उनले बताइन् ।

स्थानीय तहहरूले आफ्नो तहको स्रोत र साधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा उनले जोड दिइन् । विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरिन् । 

‘अब हामीले हाम्रा नीतिहरूमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीति अनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरू छन् । १२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किँदैन हाम्रो सबैभन्दा ठुलो चुनौतीको विषय यो हो ।’ उनले भनिन् ‘आफ्नो स्थानीय तहको स्रोत, साधन झल्किने गरी स्थानीय तहले शैक्षिक नीति निर्माण गर्नुपर्छ । शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्छ ।’

उनले विद्यार्थी संगठनहरूले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताइन् । समय फेरिएको उल्लेख गर्दै उनले परिवर्तित समयानुकूल संगठनले भूमिका र कार्यशैली बदल्नुपर्ने बताइन् ।

पछिल्ला दिनहरूमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी संगठनहरु ओझेल परेजस्तो देखिएको भन्दै उनले अब भने संगठनको कामलाई व्यवस्थित गरिने उनले बताइन् ।

उनले भनिन् , ‘पछिल्लो ४ वर्ष यताको राष्ट्रिय राजनीतिको अवस्था, कोभिडको समस्याको कारणले विद्यार्थी संगठनहरु कतै अल्मल्लिएकी भन्ने कुरा स्वाभाविक छ । किनकि हामी आफैलाई चित्त बुझ्ने गरी भूमिका निर्वाह गर्न सकेका छैनौँ । तर अब विद्यार्थी संगठनको मुख्य कार्यक्षेत्र भनेको शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय नै हो । कहिकतैँ अल्मल्लिएजस्तो भएको हाम्रो सांगठनिक संरचना, जीवन र कामहरूलाई व्यवस्थित गर्दै अगाडी जानुपर्नेछ ।’

Skip This
Skip This
Logo