नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रालय बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा पुनः छलफल गर्ने भएको छ। सो छलफलका लागि समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री निवास बालुवाटार लागेका छन्। स्थायी कमिटीकोे बैठक सकेर उनी बालुवाटार लागेका हुन्।
बालुवाटारमा शीर्ष नेताहरूको बैठकले मन्त्री बन्ने सांसद अनुमोदन गर्नुका साथै, मन्त्रालयको भागबण्डामा पुनःबिचार गर्ने र भागबण्डाका बारेमा गठबन्धनमै पुनः छलफल गर्नेगरि गठबन्धन संबद्ध शीर्ष नेताहरूको बैठक बस्ने नेकपा एसका नेता विरोध खतिवडाले जानकारी दिए।
नेकपा एसकै स्थायी कमिटी बैठकले पनि सो कुरामा पुनःबिचार गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकपछि संचारकर्कीहरूसँग बोल्दै उनले मन्त्रीमा असन्तुष्टि नभएपनि यसअघि भएको सहमति पालना गरिनुपर्ने खतिवडाले बताए।
त्यस्तै नेकपा एसको स्थायी कमिटी बैठकले मन्त्रालय संख्या, बाँडफाँट र मन्त्रीको नामबारे निर्णय लिने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको पनि खतिवडाले जानकारी दिए।
सोही जिम्मेवारी लिएर अध्यक्ष नेपाल बालुवाटार पुगेका छन्। बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक ३ बजेदेखि बस्दैछ।





























प्रतिक्रिया