नेकपा एसको चुनाव चिन्ह ‘कलम’ पक्का

नेकपा एसको चुनाव चिन्ह ‘कलम’ पक्का

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीको चुनाव चिन्ह कलम लिने पक्का भएको छ । 

समरण रहोस्, यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एसको नाममा कलम चिन्ह नै रहेको छ ।

युवा नेता जीवन राईले आफ्नै अध्यक्षतामा यही वैशाखमा नेकपा एकीकृत दर्ता गरेका थिए । पार्टी नेताहरुकै सल्लाहमा दर्ता गरिएको उक्त पार्टीको चुनाव चिन्ह पनि त्यसबेला सल्लाहले कलम तय भएको थियो । 

अब नेकपा एसमा जीवन राईलाई केन्द्रीय सदस्य बनाएर सो पार्टीलाई कानूनी रुपमा गाभ्ने र कलम चिन्ह लिने तयारी रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

यसैबीच पार्टीको बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरिएको छ ।
 

Logo