एकिकृत समाजबादीबाट मन्त्री बन्नेकाे टुङ्गो लागेन

एकिकृत समाजबादीबाट मन्त्री बन्नेकाे टुङ्गो लागेन

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी पार्टीले सरकारमा जाने मन्त्रीको नाम आज पनि टुंगो लगाउन सकेन । 

नेकपा एकिकृत समाजबादी पार्टीको काठमाडौँमा बसेको स्थाई समितिको बैठकले  सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने अपेच्छा गरिएको थियो । प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले  सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए ।

सत्ता साझेदार दलहरु बीच मन्त्रालय भागबन्डा मिलाउदा जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एकिकृत समाजबादीले असन्तुष्टि जनाउदै आएको छ । अहिले भएको सहमतिअनुसार नेकपा एकिकृत समाजबादी पार्टीले शहरी विकाश मन्त्रालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने छ भने एक राज्य मन्त्रि राख्न पाउनेछ । 

यस्तै स्थाई समितिको बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र संख्याको टुंगो लगाएको छ । पार्टीको अनुशासन आयोग,निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरी २५ सदस्य रहने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टी पदाधिकारीमा ४ जना नेताहरुलाई मनोनयन गरेको छ । उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरुमा गरिमा शाह,जीवनराम श्रेष्ठ र भागवत विश्वाशलाई मनोनयन गरेको छ ।

यस्तै स्थाई समितिको बैठकले बेदुराम भुषालको नेतृत्वमा रहने ५ सदस्य केन्द्रीय कार्यालय र ११ सदस्य केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयलाई स्थाई समितिको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । 

Logo