विश्वकप छनौटमा ब्राजिलको जीत कायमै

विश्वकप छनौटमा ब्राजिलको जीत कायमै

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौं जीत निकालेको छ। शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले जीतको यात्रा कायम राखेको हो।

ब्राजिलको जीतमा मार्किववन्होस, गाब्रियल बार्बोसा र एन्टोनीले एक एक गोल गरे। भेनेजुएलाका एरिक रामिरेजले एक गोल गरे। खेलमा सुरुआती अग्रता भेनेजुएलाले बनाएको थियो।

खेलको ११ औं मिनेटमा रामिरेजले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ७१ औं मिनेटमा माकविवन्होसले गोल गर्दै ब्राजिललाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ८५ औं मिनेटमा गाब्रियलले गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा एन्टोनीले गोल गर्दै ब्राजिललाई ३–१ को जीत दिलाए। जीतसँगै ब्राजिलले ९ खेलमा २७ अंक जोडेको छ। ब्राजिल शीर्ष स्थानमा रहेको छ। भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ।

Logo