एकीकृत समाजवादीले पठायो ५ मन्त्रीको नाम: स्वास्थ्यमा खतिवडा, झाँक्रीलाई पर्यटन

एकीकृत समाजवादीले पठायो ५ मन्त्रीको नाम: स्वास्थ्यमा खतिवडा, झाँक्रीलाई पर्यटन

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका पाँच मन्त्रालयका लागि मन्त्री बन्ने सांसदहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको छ । 

नेकपा एसबाट मन्त्री बन्नेहरूमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ किसान र भवानी खापुङ रहेका छन् । 

नेकपा एस स्रोतका अनुसार खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री, झाँक्री पर्यटन तथा नागरिक उड्डयन मन्त्री, प्रेमबहादुर आले सहरी विकास मन्त्रालय मन्त्री, श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  बन्ने भएका छन् । साथै खापुङ राज्यमन्त्री बन्ने भएका हुन् ।

स्रोतका अनुसार मन्त्रीहरुको आजै शपथ ग्रहण गराउने तयारी रहेका छ ।

Logo