प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । नयाँ सरकारको ८८ दिन पछि देउवाले सरकारलाई पूर्णता दिएका हुन्।
प्रधानमन्त्रीले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानून, प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महेन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।


त्यस्तै उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामसहायप्रसाद यादव वन तथा वातावरण , कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार र महेश्वरजंग गहतराज युवा तथा खेलकुद मन्त्री भएका छन् ।
गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र बोधकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
कानूनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जिम्मेवारी दिइएको छ ।
यसअघि मन्त्री बन्ने लिष्टमा रहेका मेटमणि चौधरी प्रमोद शाहलगायत भने मन्त्रीको लिष्टमा अटाएनन्।
त्यस्तै गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै विरोध सुरु भएको छ। उनलाई न्यायलयको कोटाबाट मन्त्री बनेको आरोप छ।





























प्रतिक्रिया