बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा आगामी असोज २४ गते दिनको ३ बजे बस्ने गरी प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको हो ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको नवौँ अधिवेशन बस्ने निर्णय गरी पठाएअनुसार बागमती प्रदेशका प्रमुखले संवैधानिक प्रक्रिया पूरा गरी बैठकको आह्वान गरेको बागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले जानकारी दिए ।
बैठक आह्वान गरेअनुसार १०९ प्रदेश सभा सदस्यलाई बैठकमा सहभागी हुन पनि सूचना प्रवाह गरिसकिएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले त्यो दिन विश्वासको मत लिने तालिका छ । दसैंअघि नै शाक्यको मुख्यमन्त्रीको कुर्सी धरापमा परेको छ ।
उता प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भने दसैंपछि विश्वासको मत लिने भएका छन् ।































प्रतिक्रिया