नेपालगन्जबाट २० दिन पैदल हिँडेर आएका भन्छन्, ‘काठमाडौं हाम्रो आवाज सुनिदेउ’

नेपालगन्जबाट २० दिन पैदल हिँडेर आएका भन्छन्, ‘काठमाडौं हाम्रो आवाज सुनिदेउ’

केन्द्रबिन्दु
0
Shares

सधैं राजनीतिक प्रदर्शन हुने माइतीघर मण्डलामा शुक्रबार बेग्लै खाले धर्ना थियो।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्त बुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा न्याय खोज्न नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीको यो धर्ना अघिपछिको भन्दा बेग्लै थियो।

यी दुई घटनाको सही छानाबिन नभएको गुनासो सिंहदरबारलाई सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुगेका हुन्।

उनीहरू बिहान ११ बजेतिर माइतीघर मण्डलामा आइपुगेका थिए। उनीहरू लामो यात्रापछि खुट्टाभरी फोका र थाकेका अनुहार लिएर माइतीघर मण्डला छेउमा ब्यानर बोकेर उभिएका थिए।गाेरखापत्रबाट

Logo