बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज हुँदैछ। उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन्।
खेल मध्याह्न सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। चितवन र पोखरा पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले आज नयाँ विजेता पाउने छ।
यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो। दोस्रो संस्करणमा विराटनगर वारियर्स र तेस्रो संस्करणमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेका थिए। यसपटक दुवै टिम लिग चरणबाटै बाहिरिसकेका छन्।
शुक्रबार भएको फाइनल खेलको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले शुक्रबार नै फाइनलका लागि तयार भएको बताएका छन्।
यस संस्करणमा चितवन र पोखराले दुई खेल खेलेका थिए। दुवै खेलमा चितवनले सहज जीत निकालेको थियो। दुवै टोली पहिलो पटक ईपीएलको फाइनलमा पुगेका हुन्।
सोमपाल कामी कप्तान रहेको चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै हराउँदै फाइनल पुग्न सफल भएको हो भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई जित्दै फाइनलमा पुगेको हो। यस पटक दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिनेछन्। विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।





























प्रतिक्रिया