बीपी राजमार्गः दशैँ मनाउन घर हिँडेका यात्रुसँग मनपरी भाडा, अग्रिम टिकट बुकिङसमेत छैन

बीपी राजमार्गः दशैँ मनाउन घर हिँडेका यात्रुसँग मनपरी भाडा, अग्रिम टिकट बुकिङसमेत छैन

केन्द्रबिन्दु
0
Shares

यो वर्षको दशैँको सुरुसँगै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनले दशैँ मनाउन राजधानीबाट घर हिँडेका यात्रुसँग मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाउन थालेका छन्।

राजधानीबाट सिन्धुली हुँदै पूर्वी नेपालको तराई हिँडेका यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा असुलेको उनीहरुको गुनासो छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार १६० किलोमिटर लामो बीपी राजमार्गमा अहिले कायम भएको सिन्धुली–काठमाडाैंसम्मको नयाँ भाडा दर प्रति यात्रु ६१९ रुपियाँ रहेको छ।

दशैँ मनाउन शुक्रबार मात्रै राजधानीबाट घर आउनु भएका कमलामाई नगरपालिका–४ निवासी बिष्णु थोकर आफूले पनि एक हजार रुपियाँ भाडा तिरेर आएको गुनासो गर्छन्। उनले भने, ‘यस अघि काठमाडाैं जाँदा होस् अथवा सिन्धुली आउँदा होस् । सात सय रुपियाँ भाडा लिने गरेका थिए । अहिले त ठ्याङ्ग–ठ्याङ्ग हजार रुपियाँ।’

काउण्टरमा टिकट काट्न जाँदा टिकट नदिने र गाडीमै भाडा दिनु भनेर खाना अथवा खाजा खाने बेलामा बीच बाटोमा एक हजार रुपियाँका दरले जबर्जस्ती असुल्ने गरेको उनको गुनासो छ। दशैँ तिहारका बेला यातायात व्यवसायीले मनपरी भाडा लिएर ब्रम्हलुट नै मच्चाउन थालेको यात्रुहरुको गुनासो छ। उनीहरुका अनुसार व्यवसायीले अग्रिम टिकट बुकिङसमेत गरेका छैनन्।

यातायात व्यवसायीको मनपरितन्त्रले गर्दा सर्वसाधारण व्यक्ति मारमा परेको बीपी राजमार्ग हुँदै दशैँ मनाउन घर हिँडेका झापा दमक निवासी प्रमेबहादुर मगर बताउँछन्। उनले गाडीवालालाई दशैँ तिहार यात्रु लुट्ने सिजन जस्तै भएको पनि सुनाए। घर फर्किने टिकट दुई दिनसम्म नपाएपछि काउन्टर बाहिर नै गाडीसँग कन्ट्याक्ट गरेर आउँदा आफू भाडामा ठगिएको उनको गुनासो छ।

यो वर्ष घटस्थापनाको दिनदेखि नै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनको चाप बढ्दै गएको छ। छड्के चेकिङ्ग गरेर बढी भाडा असुलेको, नअसुलेको बुझ्ने गरेको र त्यस्तो पाइएमा कारवाही गरेर छाडेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ‘हामीले नेपालथोकदेखि नै चेकिङ्गमा कडाइ गरेका छौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर क्षेत्रीले भने, ‘दैनिक चेकिङ्ग गरेर बढी भाडा असुल्नेको फिर्ता गराएर कारवाही गरेका छौं।’गाेरखापत्रबाट

Skip This
Skip This
Logo