सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा कारोबार हुँदै?

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज एक सयले बढेको हो।

गत हप्ता सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो। यस्तै मंगलबार पाँच सयले बढेको सुन बुधबार चार सयले घटेको थियो। बिहीबार पाँच सयले बढ्यो। शुक्रबार दुई सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज पाँच रुपैयाँले बढेको छ। चाँदी आज एक हजार १७५ रुपैंयाँमा कारोबार भइरहेको छ।

Logo