आपूर्तिमन्त्री हमालकाे राजीनामा स्वीकृत

आपूर्तिमन्त्री हमालकाे राजीनामा स्वीकृत

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले बुझाएकाे राजीनामा स्वीकृत भएको छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए।

उनको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका हुन्। राजीनामा पछि हमालले आफूले कसैको दबाब र आग्रहमा नभइ स्वविवेकले राजीनामा दिएको बताए।

उनको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएकाे थियाे।  

विवादमा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए। उनी प्रधानन्यायाधीश राणाका जेठान हुन्।

उनले शुक्रवार पदभार ग्रहण गरेका थिए। 

Skip This
Skip This
Logo