धोबी र कुर्मीका हत्यारालाई तत्काल कारबाही गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

धोबी र कुर्मीका हत्यारालाई तत्काल कारबाही गर्ने गृहमन्त्री खाँणको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । 

गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका छन् । आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस क्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 

उनले भने ‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भीर छौँ । र जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरूको रक्षाका लागि राज्य र सरकार गम्भीर छ । यी भएका घटनाहरूको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अव कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ ।’

गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका आपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको दाबी समेत गरेका छन् । त्यस क्रममा महिला अधिकारकर्मीहरूले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । महिला सुरक्षा दबाब समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनु परेको बताइन् । उनले सरकारले सो घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न कुनै चासो नदिएको भन्दै आक्रोश समेत व्यक्त गरिन ।

महिला अधिकारकर्मीहरूले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगन्जबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रदर्शन गरिरहेका महिला अधिकारकर्मीहरूलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

Skip This
Skip This
Logo