आईपीएल क्रिकेट: दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा प्रवेश

आईपीएल क्रिकेट: दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गएराति दुबईमा भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई फाइनलमा पुगेको हो। 

दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो। चेन्नईको जितमा रुतुराज गायकवाड सर्वाधिक ७० रन बनाए । यस्तै  रोबिन उथप्पाले ६३ रन जोडे । कप्तान महेन्द्रसिंह धोनीले अविजित १८  रन जोड्दा मोइन अलीले १६ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन्। दिल्लीका लागि  टम करणले ३ विकेट लिए भने एन्रिच नोर्टज र अभेस खानले एक/एक विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो। दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्ग्स पारी खेले पनि टिमलाई जिताउन भने सकेनन्। यस्तै कप्तान ऋषभ पन्तले ५१, शिम्रन हिटमायरले ३७, अक्षर पटेलले १० रन जोडे।

दिल्लीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। एलिमिनेटरमा आज बेलुका पौने ८ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोरबीच खेल हुनेछ। 

Logo