जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् ।
सोमवार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले जसपाबाट ४ जना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवको राजीनामासमेत माग गरेका छन् ।
प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्सा जिल्ला अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको बताए । उनले पर्सावासीलाई न्याय नगरे देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिए ।
पर्सामा लगातार बिरोध प्रदर्शन गर्दै आएका कार्यकर्ताहरुले सांसद यादवलाई मन्त्री नबनाएको भन्दै बिरोध गर्दै आएका छन् ।
उनीहरुले आज जसपाको केन्द्रिय कार्यालयमै प्रदर्शन गरेका हुन् । बलिदानको कदर नगर्ने नेता चाहिँदैन, हाम्रो बलिदान र संघर्ष खेर जान दिँदैनौँ जस्ता नारा उनीहरुले लगाएका थिए ।





























प्रतिक्रिया