कांग्रेस महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोइराला

कांग्रेस महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । 

आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताए ।
 
उनले भने, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमा नै गर्नुपर्छ ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने जनाए ।
 
महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले भने, “छलफल भइरहेको छ । संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।” आफू वरिष्ठ नेता रामचन्द्र पौडेल, डा शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आपूm बलियो उम्मेदवार रहेको जिकिर गरे ।
 
फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उनको भनाई थियो । उनले भने, “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।” रासस
 

Logo