माधव नेपाल र फान्सेली राजदूतबीच भेटवार्ता, दुई देशको सम्बन्ध थप सुमधुर बनाउने विषयमा छलफल

माधव नेपाल र फान्सेली राजदूतबीच भेटवार्ता, दुई देशको सम्बन्ध थप सुमधुर बनाउने विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताउनु भएकाे छ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसँगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्सबीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने बताउनु भएकाे हाे।  

अध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए।

भेटका अवसरमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको समाजवादी पार्टीले जनाएको छ।

Skip This
Skip This
Logo