तीन वर्षदेखि दसैँ छैनः विश्वप्रकाश शर्मा, प्रवक्ता (नेपाली कांग्रेस)

तीन वर्षदेखि दसैँ छैनः विश्वप्रकाश शर्मा, प्रवक्ता (नेपाली कांग्रेस)

केन्द्रबिन्दु
0
Shares

आध्यात्मिक हिसाबले यसपालि मेरो दसैँ छैन। पोहोर पनि थिएन। परार पनि थिएन। तर दसैँको रमझम लागेको छ। 

पुराना साथीहरूसँग भेटघाट, अहिले पार्टीको अधिवेशन लागेको हुँदा अधिवेशनसँग सम्बन्धित विभिन्न छलफलहरू, आफूसँगै पढेका साथीहरूसँग पुनर्मिलन हुन्छ। यसपालि विशेषत: घुमघाम, भेटघाट र अधिवेशनसम्बन्धी छलफल हुन्छ।

गाउँमा पारिवारिक भेटघाट, पुराना आत्मिय र विद्यार्थीकालका साथीहरू भेटघाट र अधिवेशनसम्बन्धी विमर्श हुन्छ। आध्यात्मिकतर्फ म परिवारसहित मन्दिर जान्छु। दर्शनभेट हुन्छ । साथै विपन्न परिवारजनलाई पनि भेट्छु। शहीद परिवारजनलाई भेट्छु। आफ्नो जीवन देश र समाजका लागि विभिन्न समयमा र अवस्थामा जीवन गुमाउने शहीद परिवारको भेटघाटलाई अधिवेशनको प्राथमिकता दिएको छु। 

शहीद श्यामसुन्दर यादवको घरमा पुगिसकेको छु। पार्टीका ज्येष्ठ नेतालाई भेट्छु। दसैँ आध्यात्मिकका साथै आत्मीय बढाउने पर्व हो। त्यसकारण कसैलाई जुठो परेर आध्यात्मिक कर्म रोकियो भने पनि आत्मीयता बढाउने कर्म कुनै जुठोले रोकिँदैन।

Skip This
Skip This
Logo