सञ्चारमन्त्री कार्कीले लगाए आमा अम्बिकादेवीबाट विजयादशमीको टीका

सञ्चारमन्त्री कार्कीले लगाए आमा अम्बिकादेवीबाट विजयादशमीको टीका

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेवी कार्कीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। 

पुल्चोकस्थित मन्त्रीनिवासमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। 

सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाएको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए। कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ।

Logo