फेसबुकका वेबसाइट र एप्सले बालबालिकालाई हानि पुर्याउने र विभाजन बढाउने फेसबुककी एक पूर्वकर्मचारीले गुनासो गरेकी छिन्। फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले यस्तो गुनासो गरेकी हुन्।
कमजोरी थाहा हुँदा हुँदै पनि फेसबुकले यसबारे चासो नदिइ नाफालाई प्राथमिकता दिइएको उनको भनाइ छ। कम्पनीका गोप्य कुराहरू चुहाएपछि फेसबुकले हाउगनको आलोचना गर्दै उनीसँगै पर्याप्त ज्ञान नभएको टिप्पणी गरेको छ।
फेसबुकले आफ्ना सुरक्षा अवस्थाको बचाउसमेत गरेको छ। उनको भनाइपछि रिपब्लिकन र डेमोक्र्याट सांसद्ले फेसबुकमा परिवर्तन आवश्यक रहेको सुझाब दिएका छन्। फेसबुकमा सुधारका लागि अमेरिकी संसद् कंग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ।
विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका २ अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता छन्। मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता कम्पनीका अन्य उत्पादन पनि उत्तिकै लोकप्रिय छन्।एजेन्सी





























प्रतिक्रिया