हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु

हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । 

नारायणगढबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा १५ पनेसका  १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ को २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको प्रहरीको भनाई छ । 

मृत्यु भएका दुवै जना स्थानीय रहेको प्रहरीले जनाएको छ । 

Logo