ग्लोबल आईएमई बैंकले ३ ठाउँमा सञ्चालनमा ल्यायाे नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले ३ ठाउँमा सञ्चालनमा ल्यायाे नयाँ शाखारहित बैंकिङ सेवा

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आईएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

यी ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६० पुगेको छ। 

बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका–७ पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सरदेवा र मोरङ जिल्लाको कटहरी गाउँपालिका–४ नयाँबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

पञ्चमी बजारमा खोलिएको सेवाका लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाका लागि दिपेन्द्रकुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय वासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिशहोम, सीडीएमए, यूटीएल, एनटीसीको महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्। 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका वासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ग्लोबल आईएमई बैंकले शाखारहित बैंकिङ सेवा शुरू गर्ने गरेको छ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २६० शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ।

Skip This
Skip This
Logo