तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापसे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया  दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

घटनास्थलबाट फलामको धारिलो हतियार बरामत गरिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन्। श्रीमतीको शरीर तथा अनुहारमा चोट देखिएको प्रहरीकाे भनाइ छ।  

मृतक दिलकुमारीको शवकाे पाेस्टमार्टम जिल्ला अस्पतालमा तेह्रथुममा गरिएको छ। आराेपी दलबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ। 

Skip This
Skip This
Logo