दसैँ सकिन नपाउँदै गृहमन्त्री खाणले गरे १२ सिडिओको सरुवा

दसैँ सकिन नपाउँदै गृहमन्त्री खाणले गरे १२ सिडिओको सरुवा

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन्। दसैँ सकिन नपाउँदै आइतबार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडिओको सरुवा गरेको हो । 

गृह मन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृह मन्त्रालय तानिएको छ। जगन्नाथ पन्तलाई गृह मन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधी खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। 

वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेवारी दिँदा विष्णु पौडेललाई अर्घाआँचीबाट गृह मन्त्रालय तानिएको छ। 

राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिँदा स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

Skip This
Skip This
Logo