मन्त्रीपरिषद्को बैठकले विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।
यससँगै मन्त्रिपरिषद्ले भोलि मंगलबाल मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बन्न सफल रहेको नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूलाई जनही पाँच लाख दिने समेत निर्णय गरेको छ ।





























प्रतिक्रिया