तीन दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सायल–६ मेल्लेखका सागर र ११ का आशिष कुन्जेडा छन्।
जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो। च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ।
जिल्लामा वर्षाका कारण विभिन्न ठाउँमा क्षति भएका भए पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्राप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए।





























प्रतिक्रिया