हतारमा वडा र पालिका अधिवेशन नगरौंः अष्टलक्ष्मी शाक्य

हतारमा वडा र पालिका अधिवेशन नगरौंः अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छिन्।

वाग्मती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखिन्। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन्। 

नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेका बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन् । उनले आफूले पार्टीभित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहोर्याइन्। 

उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यकता औंल्याइन्। समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो। उपाध्यक्ष शाक्यले वाग्मती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिइन्। 

Skip This
Skip This
Logo