भारतले आईसीसी टी-ट्वान्टी विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ।
बुधबार भएको खेलमा कप्तान रोहितको उत्कृष्ट पालीमा भारतले अस्ट्रेलियामाथि सहज जीत निकालेको हो। जीतका लागि १५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
भारतका कप्तान रोहित शर्माले ६० रन बनाए। यस्तै, ओपनर लोकेश राहुलले ३९ बनाए।
यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो।
अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए। यस्तै, मार्कस स्टोइनिस ४१ रनमा अविजित रहे। भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए। राहुल चाहर, भुवनेश्वर कुमार र रवीन्द्र जडेजाले १-१ विकेट लिए।
भारत सुपर १२ को समूह 'बी' र अस्ट्रेलिया समूह 'ए'मा छन्। विश्वकपमा अस्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ। भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ।
समूह 'बी'मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह 'बी'को विजेता र समूह 'ए'को उपविजेता रहनेछन्। शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो चरणका खेलहरू सकिएपछि सुपर १२ का खेलहरू हुनेछन्। विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ।































प्रतिक्रिया