माधवको साथ छाडेका १० नेतामाथि ओलीको कठोर लगाम

माधवको साथ छाडेका १० नेतामाथि ओलीको कठोर लगाम

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन भएको टिप्पणी गरेपछि माधवको साथ छाडेर एमालेमा पुनर्गमन गरेका नेताहरु आक्रोशित भएका छन् । 

स्मरण रहोस्, अध्यक्ष ओलीले बुधबार वागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ् नगर्न’ चेतावनी दिएका थिए । उनले पार्टीभित्र अझै ‘माधव प्रवृत्ति’ कायमै रहेको भन्दै तेस्रो धारका नेताहरुलाई माधव प्रवृत्ति त्याग्न चेतावनीसमेत दिएका थिए ।

उता १० बुँदे सहमति गर्ने कार्यदलका संयोजक रहेका एमाले उपाध्यक्ष रावलले संस्थागत भइसकेको विषयमा ओलीले विवाद गर्न खोजेको बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो । यसको धून संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

विधान महाधिवेशनको समीक्षा र राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न आज एमाले स्थायी कमिटी बैठक बस्ने भनिएको छ । सो बैठकमा तेस्रो धारका नेताहरु ओलीसँग आक्रोश पोख्ने तयारीमा छन् ।

 

Skip This
Skip This
Logo