मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत

मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकी हुन् । 

गत २४ असोजमा  बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । 

आफू मुख्यमन्त्री हुँदा आफ्नो पार्टी एमालेको एकल बहुमत रहेको स्मरण गराउँदै उनले अहिले एमालेमाथि आक्रमण भइरहेको बताइन् । 

प्रदेशसभामा एक सय नौ सांसद छन् । सरकार बनाउन ५५ सांसद आवश्यक पर्दछ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३, माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन्  । 

Skip This
Skip This
Logo