कर्णाली प्रदेश: अन्नबाली क्षति भएका किसानलाई राहत दिने सरकारको निर्णय

कर्णाली प्रदेश: अन्नबाली क्षति भएका किसानलाई राहत दिने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रवार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो । अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताइन् । 

विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरोलगायतको विपद्मा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद् दुर्घटना बीमाबाट प्राप्त हुने दुई लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र विपद्मा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रवक्ता नेपालीले जानकारी दिइन् । 

त्यस्तै, विपद्का कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिँचाइ र विद्युत् पूर्वाधारको मर्मत सम्भार गरी तत्काल सुचारु गर्ने र पूर्ण रूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने गर्ने प्रवक्ता नेपालीले बताइन् ।

विपद्का कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनर्निर्माणको व्यवस्था मिलाउने निर्णय भएको उनले जानकारी दिइन् ।

Logo