सप्तरीमा छ महिना भित्र बाटोको समस्या समाधान हुन्छ: मन्त्री यादव

सप्तरीमा छ महिना भित्र बाटोको समस्या समाधान हुन्छ: मन्त्री यादव

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सप्तरीमा वर्षैदेखि अलपत्र रहेका बाटोघाटो निर्माणलाई प्राथमिकता दिने बताएकी छिन् । नेपालको पहिलो ‘टाउन प्लानिङ’ सहर राजविराजसहित जिल्लाका सबै ठाउँमा बाटोघाटो निर्माण सहज नहुँदा सर्वसाधारणले समस्या भोगिरहेका छन् । 

सर्वसाधारणको दैनिकीप्रति चिन्तित बन्दै अब छिटोभन्दा छिटो सडक निर्माणका गतिविधि बढाउने मन्त्री यादवको भनाइ छ । उनले भनिन्, ‘म पनि यहाँकै हुँ, मैले पनि यही बाटो हिँड्नु पर्छ, पहिले १० मिनेटमा १० किलोमिटर पुग्न सकिने ठाउँ पुग्न अहिले एक घण्टा लाग्छ । पहिले पदमा थिइन । अहिले पदमा छु । बाटोघाटो निर्माणमा कुनै सम्झौता हुँदैन ।’ उनले बाटोघाटो निर्माणमा समस्या आउनुमा टेन्डर प्रक्रिया र ठेकेदारको लापरबाही पनि एक कारण रहको बताइन । उनले थपिन्, ‘मैले ठेकेदारहरूसँग कुरा गरेको छु । अब छिटो निर्माण सक्न निर्देशन दिएकी छु ।’ मन्त्री यादवले ६ महिनाभित्र सप्तरीको बाटोको कायापलट गरेर सप्तरीवासी राहत दिने योजनामा रहेको बताइन । उनले भनिन्, ‘६ महिनापछि सप्तरीवासीले बाटोघाटोको कारण समस्या भोग्नु पर्दैन ।’ नेपालको हरेक ठाउँको जिम्मेवारी मेरो काँधमा भए पनि बिदाको सदुपयोग गर्दै जिल्लाको बाटोघाटोसहित मेरो मातहतमा भएको गतिविधि अगाडी बढाएकी छु ।’

सबै नेताले गर्छ भन्नु भन्दा पनि सबैले आआफ्नो जिम्मेवार पूरा गर्न सके कुनै पनि क्षेत्रमा विकृति र समस्या नरहने तर्क मन्त्री यादवको छ । हुलाकी सडक निर्माणमा धेरै ठाउँ अदालतको स्टेअर्डरले रोकिएको जानकारी दिँदै मन्त्री यादवले थपिन्, ‘काम भएको ठाउँमा पनि गुणस्तरहीन छ । जति चौडा सडक हुनुपर्ने हो त्यति छैन ।’ स्टेअर्डर नभएको ठाउँमा गुणस्तरीय काम गर्न निर्देशन दिएको बताइन ।

जिल्लाका छात्रावासहरू निर्धारित समयमा निर्माण हुन नसकेपछि नेपालस्थित भारतीय राजदूतावासले सप्तरीलाई कालोसूचीमा राखेको छ । उनले अब चाडै नै छात्रावास निर्माण सकेर सूचीबाट हट्नु पर्ने मन्त्री यादवको भनाइ छ । न्युज कारखाना

Logo