गृहमन्त्री बालकृष्ण खाणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे।
उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरुपनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए। नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफूहरुको काँधमा आएको उनले बताए।
गृहमन्त्री खाणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए। सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए।
पानी बिनाको जीवन नहुने भन्दै उनले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनु पर्ने र पानीको रक्षा गर्नुपर्ने बताए।





























प्रतिक्रिया