एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति

एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ। च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

यो निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले असहमति जनाएका छन्। विधि-पद्धति भन्दा पनि प्रभु साहले भनेको भनेर मनोनीत गरिएकामा उनले अहसमति जनाएका हुन्।

यो निर्णय १० बुँदेको विपरीत भएको उनको भनाइ छ। 'कुनै छलफल नगरी, विधि-पद्धतिबिना दुई जना राख्ने कुरामा मेरो असहमति छ', उनले भने।

Logo