दम्पतीमाथि आक्रमण : श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

दम्पतीमाथि आक्रमण : श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

रौतहट ।

रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनका श्रीमानको अवस्था गम्भीर छ । देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो ।

उपचारकै क्रममा शनिबार जगरामीको मृत्यु भएको छ भने वीरगंञ्जस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका महेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा संलग्न बलिराम मुखिया बिन पक्राउ परिसकेका छन् भने बाँकीको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका तिवारी दम्पतीलाई शुक्रबार साँझ देवाही गोनाही–५ का सोनालाल मुखिया बिन, प्रजित मुखिया बिन र बलिराम मुखिया बिनसहित चार जना मिलेर आक्रमण गरेका थिए । रासस

Skip This
Skip This
Logo