नेपाली कांग्रेसका रामचन्द्र पौडेल र शेखर कोइराला पक्षका सांसदले फ्लोर क्रस गरेर प्रदेश १ एमालेको सत्ता जोगाउने सूचनाले प्रदेश १ मा राजनीतिक भूकम्प ल्याएको छ ।
फ्लोर क्रसको विषमा कुनै पनि नेताहरूले खुलेर बोल्न नचाहे पनि केही नेताहरुले सांकेतीक रूपमा कांग्रसका सांसदले फ्लोर क्रस गर्ने बताएका थिए । प्राप्त सूचना अनुसार कांग्रेसबाट तीन जना र एकृकित समाजवादीबाट एक सांसदले फ्लोर क्रस गर्ने आंकलन गरिएको थियो ।
सोही सूचनाको फलस्वरूप नेपाली कांग्रेसले आज बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ ।
त्यस्तै नेकपा एमालेले पनि कार्तिक १५ गतेसम्म प्रदेश प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई पत्राचार गरेको छ । पार्टीको अधिवेशनको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो ।
एमालेद्वारा जारी पत्रमा भनिएको छ , ‘प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको तर्फबाट आजको बैठक स्थगन गर्नका लागि सभामुखसमक्ष पत्र पेस गरेको जानकारी हुन आउँदा हाम्रो पार्टी एमालेको पनि दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गते स्थायी कमिटी बैठक तथा १२ र १३ गते केन्द्रीय समितिको बैठक भएको हुँदा १४ गते बाटोको म्याद राखी १५ गते प्रदेशसभाको बैठक सञ्चालन गर्न उपयुक्त हुने ब्यहोरा अनुरोध छ ।’
सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ। जसमा एमालेका ३९, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। राप्रपाका १ सांसद भने कतै खुलेका छैनन्।





























प्रतिक्रिया