एमाले प्रवेश गर्दै दुर्गा प्रसाईंले भने, ‘प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो’

एमाले प्रवेश गर्दै दुर्गा प्रसाईंले भने, ‘प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो’

केन्द्रबिन्दु
0
Shares

बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रतिको भ्रम टुटेको बताएका छन्। 

झापामा आइतबार एमालेले आयोजनाको गरेको पार्टी प्रवेश कार्यक्रममा प्रसाईंले भने, ‘आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन। देउवाले ५० लाखको टाउको तोकेको र आज तिनै देउवाको पाउमा पुग्ने प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो।’ 

प्रचण्ड र भट्टराईलाई माओको नाम लिने अधिकार नरहेको बताएका उनले उनीहहरूलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने टिप्पणी गरे। 

Logo